मुख्यमन्त्री पाण्डेलाई मातृ शोक
काठमाडाैं | असोज १३, २०७९
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ । मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो ।
मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौँको सितापाइलामा निधन भएको हो । स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी हुनुहुन्छ ।
मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौँडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उहाँहरु काठमाडौँ आउनेवित्तिकै आजै पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने बताइएको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैला...
काठमाडौं: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सा...
काठमाडौं: नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने ...

